Tuesday, 4 November 2014

महागुरु फाल्गुनन्दको बारेमा छोटो जान्कारि

महागुरु फाल्गुनन्द बारे छोटो चर्चा: फाल्गुनन्द लिङ्देन गरिब किसान परिवारमा जन्मेका हुन्।उहाँको जन्म अगाडी धेरै सन्तान्को मृत्यू भएको हुनाले अपसकुन होस भनी फलामको चुरा लाइ दिएको हुनाले फलामसिं भनियो।तथापि उहाँको ज्योतीष नाम नरधोज थियो।कष्टपुर्ण बल्यकाल बित्दै जाँदा ८ बर्षको उमेरमा अचानक दिब्यपुरुष हाङसाम थेबा अाएर खत्रक्पा लिएर गए।फाल्गुनन्दलाई धेरै अलौकिक प्रश्नहरु सोधियो।अन्तमा अाफ्नो जिमणमेवारी बोध गराएर तागेरा निङ्वाभुमाङ संग एकाकार गराए हाङसाम थेबामाङले। ८ बर्षकै उमेरमा इश्वरीय ज्ञान प्राप्त भए पनि गरिबिका कारण लाहुरे जिबन बिताउनु पर्यो।यद्दपी ध्यान, तपस्या निरन्तर गरिरहँदा किरात समाजको मुक्तिको लागि अाफुले ज्ञान दिएकाले किरात समुदायमा गएर धर्मको प्रचार गर्नु भनि अाज्ञा हुँदा पल्टन छाडेर किरात बस्तिमा घुम्दै किरात धर्म,भाषा,लिपि र मून्धूमको प्रचार गर्नुभयो।गन्तब्यहिन भएर बसेका किरात समुदायलाई सत्य,शान्ति र अहिंशाको बाटोमा हिँड्नलाइ अाव्हान गर्नुभो।अाफ्नो अमुल्य उपदेशहरु किरात समुदायबाट शुरु गर्नुभएतापनि उहँको दिब्य उपदेशहरु मानव कल्याणकारि छन्।प्रकृती र मानव बिचको सम्बन्धलाइ अझ मजबुद बनाउनलाई सत्य र अहिंसाको सिद्दान्त निर्माण गर्नुभयो।ईश्वर र मानव बिचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि हिंसारहित सेवा अनुष्ठानको बिजारोपण गर्नुभो।महिला हिंसा र समाजमा बिध्यमान बिकृतीहरुको शृङ्खला अन्त्य गर्न सत्य धर्म मुचुल्का खडा गर्नुभो।अार्थीक सामाजिक रुपान्तरणका लागि बेथितीहरको अन्त्य गर्न अहोरात्र खटिरहनुभयो।ब्यक्तिगत जिबनलाई कतिपनी महत्व नदिकन निरन्तर समाज र राष्ट्रको उन्नती र प्रगतीको लागी हमेशा साहशिक कार्य गरेको हुनाले उहहाँलाई राज्यले राष्ट्रिय बिभूतीको उच्च सम्मान प्रदान गर्यो।यो सम्मान केवल महागुुरु फाल्गुनन्दको मात्र होईन, सम्पुर्ण प्रकृतीपुजक किरात समुदाय र धर्मप्रेमीहरको सम्मान हो।उहाँले दिनुभएको ज्ञानका गुच्छाहरु हाम्रै लागी हुन।यस्को अध्यन, अुसन्धान र मननले हाम्रो कल्याण हुनेछ।निकट समयमै (२०७१कातिक २५गते) संसारभर उहाँको जन्मजयन्ती मननाईँदैछ।यस अवसरमा स्वदेश बिदेशमा रहनुहुने सम्पुर्ण दाजु-भाई,दिदि-बहिनी र अामा बुबाहरुमा हार्दिक शुभकामना ब्यककत गर्दछु। महागुरु फाल्गुनन्दले हामीलाई अाशीर्बाद प्रदान गरुन।महागुरु फाल्गुनन्द-अमर रहुन सेवारो।।

No comments:

Post a Comment