जिन्दगी भन्ने यस्तै रहेछ
कहिले आँखामा आँसु बोकेर
कहिले ओठमा हाँसो लिएर !
रोएर हाँसेरपनि बाँच्नैपर्ने रहेछजिन्दगी भन्ने यस्तै रहेछ
कहिले चैत्रको घाममा डढेरकहिले श्रावणे झरीमा रुझेर !
डढेर रुझेरपनि बाँच्नैपर्ने रहेछ
जिन्दगी भन्ने यस्तै रहेछ ।
कहिले सफलताको खुशीमा रमाएर
कहिले असफलताको बोझ बोकेर !
सफलता असफलतामा बाँच्नैपर्ने रहेछ
जिन्दगी भन्ने यस्तै रहेछ ।
कहिले विछोडको रापमा तड्पेर
कहिले मिलनको खुशीमा रमेर !
तड्पेर रमेरपनि बाँच्नैपर्ने रहेछ
जिन्दगी भन्ने यस्तै रहेछ ।
राजेन्द्र तामाङ थोक्लुङ ६ तेह्रथुम
हाल : पाचगाछी २ खोकु टोल झापा नेपाल....
No comments:
Post a Comment